पल शाहको पेशी कात्तिक १६ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाहको पेशी कात्तिक १६ गते

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७९, सोमबार

    दमाैली । नाबालिग करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाह विरुद्ध कात्तिक १६ गते पेशी तोकिएको छ । तनहुँ अदालतमा पेशी तोकिएर तीनपटक स्थगित भएको शाहको सुनुवाई कात्तिक १६ गतेका लागि तोकिएको हो ।

    नायक शाह विरुद्ध नवलपुर अदालतले भने साढे दुई वर्ष कैद फैसला सुनाइसकेको छ । साथै रु २५ हजार जरीवाना र रु दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतले जनाएको छ ।

    नावालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।