म जनताको बीचमा रहने र सेवामा रमाउने मानिस हुँ : भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    म जनताको बीचमा रहने र सेवामा रमाउने मानिस हुँ : भण्डारी

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०७९, बुधबार

    दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर भण्डारीले आफू जनताको बीचमा रहने र सेवामा रमाउने मानिस भएको बताएका छन् । एक अपिल जारी गर्दै भण्डारीले यस क्षेत्रको विकासको अपेक्षा र आवश्यकता पूरा गर्नका लागि अहोरात्र खट्ने बताए ।

    उनले भनेका छन्, ‘तपाईहरूको सेवामा सदैव समर्पित रहने छु । खोजेको कुनै पनि दिन तथा क्षणमा आफ्नो जनप्रतिनिधिलाई तपाईहरुले पाउन सक्नु हुनेछ ।’

    यस्तो छ भण्डारीको अपिल

    आदरणीय आमाबुबा,दिदीबहिनी तथा दाजुभाइहरू
    आगामी मंसिर ४ गते हुने आमनिर्वाचन नेपालको शान्ति, स्थिरता र समृद्धिको लागि ऐतिहासिक दिन हो ।यो सामान्य चुनाव मात्र होइन एक हिसाबले यो जनमत सब्ग्रह हो । यसले अग्रगमन र प्रतिगमन बीचको सब्घर्षलाई निष्कर्षमा पु¥याउने छ ।तपाईंको अमूल्य मत प्रतिगमनकारी शक्तिलाई परास्त गरी मुलुकलाई सही दिशा दिने कामका लागि निर्णायक र महत्वपूर्ण रहने छ।

    मैले नेपाली कांग्रेसको नेतृत्वमा गोलबद्ध भएर जनताको अधिकारका लागि लडेको तीन दशक बितिसकेको छ ।मेरा जीवनका महत्वपूर्ण क्षणहरू कुनै व्यक्तिगत स्वार्थ तथा लोभ लालचमा नपरी लोकतन्त्रको सुदृढीकरण र जनताको जनजीविकाको सवालमा खर्च गरेको छु । नेपाली काँगे्रसको भूमिका नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्ण अक्षरले लेखिएको छ । यस्तो पार्टीको एक इमान्दार
    ज् सिपाहीको रुपमा भूमिका निर्वाह गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्दछु । अहिले हुन गइरहेको निर्वाचन नियमित निर्वाचन मात्र होइन । यो नेपाली जनताको निम्ति अति महत्वपूर्ण अवसर पनि हो । हामी समाज र देशलाई एकताको सुत्रमा बाँधी एकीकृत प्रणालीद्वारा देश र समाज विकास गर्नुपर्छ भन्ने मान्यताका साथ लोकतान्त्रिक तथा अग्रगमनकारी शक्तिहरू गठबन्धन बनाएर चुनावमा आएका छौँ । संविधानको रक्षा गर्दै जनताको लोकतान्त्रिक अधिकार बढाउँदै देशलाई अग्रगमनतर्फ लैजाने शक्तिहरू बिचको एकता भएकाले यसलाई त्यही रुपमा बुझिदिन म आग्रह गर्दछु ।

    तनहुँ यो क्षेत्रमा सामाजिक एवम् आर्थिक पक्षमा व्यापक सुधारको खाँचो छ।यहाँ कृषि, उद्योग, वाणिज्य, पर्यटन र उर्जा लगायतका क्षेत्रमा विकासको अत्यन्त सम्भावना छ । त्यसैले आगामी पाँच वर्षको अवधिमा उपलब्ध सम्भावनालाई मूर्तरुप दिनका लागि आवश्यक सबै प्रकारका पूर्वाधार तयार पार्न मेरो सम्पूर्ण उर्जा प्रयोग गर्नेछु।आगामी पाँच वर्षमा यस क्षेत्रको विकासका लागि सबै प्रकारका पूर्वाधार तयार पार्ने बाचा यहाँहरू समक्ष गर्न चाहन्छु।

    हामीसँग विशाल फाँटहरू छन् त्यहाँ बाह्रैमास सिंचाई सुविधा पु¥याएर कृषिमा कम्तिमा आत्मनिर्भर बन्ने, उपयोगमा नआई खाली रहेका जमिनमा फलफूल, तरकारी, जडिबुटी लगायतका कृषि उत्पादन वृद्धि गरी निर्यात समेत गरिने छ ।यहाँका मनमोहक तरेली परेका पाखा, पखेराले कृषि र पर्यटनको सम्भावना बोकेका छन् ।कालीगण्डकी, सेती, मादीजस्ता पवित्र र विशाल नदीहरूले सिंचाई, खानेपानी, उर्जा र पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान दिन सक्छन् । यो क्षेत्रको प्राकृतिक सौन्दर्यता, साँस्कृतिक विविधता–विशिष्टता र भौगोलिक अवस्थितिले बृहत पर्यटकीय सम्भावना बोकेको छ।

    विभिन्न जनजाति र जातजातिको मौलिक संस्कृतिले यो क्षेत्र सम्पन्न छ । धार्मिक तथा ऐतिहासिक स्थलको कमी छैन । अत्यन्त सरल, शान्त, सभ्य, सिर्जनशील एवम् विशिष्टिकृत समाज हाम्रा बीचमा छन् । आवश्यक विकासका पूर्वाधारहरू पहिचान गर्दै समन्वय र सहकार्यबाट विकास गरी हामी यस क्षेत्रलाई देशकै नमूना स्थान बनाउन सक्छाँै।

    यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, यस क्षेत्रलाई तराईसँग जोड्ने दु्रतमार्ग निर्माण गर्ने, भिमादबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सुरुबमार्गको सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्र स्थापना गर्ने, सुन्तला र फलफूल उत्पादनको केन्द्र बनाउने, अदुवा उत्पादनलाई व्यवसायीकरण गर्ने, खाद्यान्न, तरकारी, दुग्धपदार्थ, अण्डा, मासु तथा फलफूल उत्पादनमा पाँच वर्ष भित्र आत्मनिर्भर भइ निर्यात आरम्भ गर्ने, साना तथा मझौला उद्योग विस्तार गरी घरघरमा तथा जनजनमा रोजगारी पु¥याउने, यहाँको गिटी तथा बालुवालाई विशेष प्रविधिबाट सब्कलन गरी उच्च मूल्यमा बेच्ने जस्ता कार्य गर्न मैले सघाउनेछु ।

    सुविधासम्पन्न पूर्वाधारको निर्माण गरी भिमाद, खैरेनी तथा दुलैगौंडा आसपासका क्षेत्रलाई गण्डकी प्रदेशको व्यापारिक केन्द्र बनाउने, स्वास्थ्य सेवाको विस्तार तथा विशिष्टिकरण गरी देशभरका मानिस उपचारको लागि यहाँ आउने वातावरण बनाउने र पर्यटकीय पूर्वाधारको विकासमार्फत पर्यटकको आगमन र बसाई अवधि बढाउने, औद्यागिक करिडोर बनाउने कामका लागि भूमिका निर्वाह गर्नेछु । प्रदेशको राजधानी सहर पोखरासँग खैरेनी, दुलैगौँडालाई जोड्ने, थर्पु, जामुने, गुणादीलाई दमौली बजारसँग एकाकार गर्ने साथै कालीगण्डकीका आसपासमा पिपलटार तथा पुट्टार लगायतका स्थानमा आधुनिक सहर बसाई भिमाद तथा नारायणगढसँग जोड्ने विषयमा ठोस काम गर्नेछु । सिसाघाटलाई तनहुँ, लमजुब र कास्की आर्थिक केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार तयार पार्न पहल गर्नेछु ।

    यहाँका पछाडि परेको वर्ग समुदायलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्ने, यस वर्गलाई हरेक अवसरमा पहिलो प्राथमिकतामा राख्ने, महिला सशक्तिकरण र उद्यमशीलताका लागि महिलाको नेतृत्वमा आर्थिक उन्नयनको अभियान चलाउने, युवाहरूको चौतर्फी विकासका लागि प्राविधिक शिक्षा, उद्यमशीलता विकास केन्द्र र खेलकुदका पूर्वाधार तयार पार्ने र बालमैत्री शासन पद्धतिलाई यस क्षेत्रमा प्रवद्र्धन गरी सक्षम नागरिक तयार पार्ने विषय मेरा प्राथमिकता रहनेछन।

    आदरणीय आमाबुवा,दिदीबहिनी तथा दाजुभाइहरू
    यहाँहरूको अमूल्य मतबाट म विजयी भएमा यस क्षेत्रको विकासको अपेक्षा र आवश्यकता पूरा गर्नका लागि अहोरात्र खट्ने छु ।तपाईहरूको सेवामा सदैव समर्पित रहने छु । खोजेको कुनै पनि दिन तथा क्षणमा आफ्नो जनप्रतिनिधिलाई तपाईहरुले पाउन सक्नु हुनेछ ।

    म स्वभावैले जनताको बीचमा रहने र सेवामा रमाउने मानिस हूँ । वर्षौ देखी ओझेलमा परेको यहाँको विकासका मुद्धालाई मैले स्थापित गर्नेछु । आउने नेतृत्वलाई सहज हुने गरी आवश्यक सबै पूर्वाधार यही कार्यकालमा पूरा गर्नेछु।

    यहाँका स्थानीय तहसँग हरेक काममा सहकार्य गरी एकीकृत ढब्गबाट काम गर्ने वातावरण बनाउने छु । सबै क्षेत्र, भेग तथा समुदायको आर्थिक तथा सामाजिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्नेछु । सुशासन र समुन्नति साथसाथ भन्ने भावनाका साथ आम नागरिकमा परिवर्तनको अनुभूति गराउन यस क्षेत्रलाई गण्डकी प्रदेशको आर्थिक सामाजिक विकासको केन्द्र बनाउन विशेष पहल गर्नेछु।

    अन्त्यमा, यस क्षेत्रमा समृद्धि सम्भव छ, त्यसको नेतृत्व लिने अवसर हामीलाई दिनुस् । हामी देखाउने छौँ जनप्रतिनिध कस्तो हुनु पर्दछ भनेर । विकास कति गर्न सकिन्छ भनेर । युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, जनजाति, दलित लगायत सबै वर्ग, क्षेत्र र सम्पदायका मुद्धा तथा अपेक्षा र आवश्यकतालाई हामी पर्याप्त मात्रामा सम्बोधन गर्नेछौँ ।सम्पूर्ण मतदाताहरूसमक्ष लोकतान्त्रिक गठबन्धनको तर्फबाट हामी अनुरोध गर्दछौँ ।

    तपाईंको मत यस क्षेत्रको काँचुली फेर्नको लागि अत्यन्त महत्वपूर्ण सिद्ध हुनेछ । संविधान र व्यवस्थाको संरक्षण मुलुकमा स्थायित्व, अग्रगमन, विकास, परिवर्तन र आत्मसम्मानका लागि गठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ तनहुँमा नेपाली काँग्रेसका उम्मेदवार म शंकर भण्डारीलाई रुख चिन्हमा छाप लगाई, प्रदेश सभा सदस्यमा तनहुँ प्रदेश २ (१) मा ने.क.पा. (माओवादी केन्द्र) का उम्मेदवार राजेन्द्र केशरी न्योपानेलाई गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा र तनहुँ प्रदेश २ (२) मा नेपाली काँग्रेसका जित प्रकाश आलेलाई रुख चिन्हमा छाप लगाई विजयी गराउनका लागि आफ्नो अमुल्य मत प्रदान गर्न हार्दिक अपिल गर्दछु । साथै समानुपातिक तर्फ प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गरिदिनुहुन अपिल गर्दछु।