दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घले आगलागी पीडित तीन व्यवसायीलाई राहत प्रदान गर्न माग गरेको छ । केही समय अगाडी दमौलीमा भएका आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै सङ्घले पीडित व्यवसायीलाई राहत प्रदान गर्न स्थानीय तह, नेपाल सरकारसँग माग गरेको हो ।
कात्तिक ७ गते राति ९ बजे व्यास नगरपालिका–२ सफासडकस्थित न्यान्सी कस्मेटिक पसल, सोही पसलको आडमा रहेको आस्था सिलाई केन्द्र (लमजुङ धागो पसल) तथा भोर्लेटारचोकस्थित गोविन्द तरकारी पसलमा विद्युत चुहिएर आगलागी भएको घटनाप्रति दुःख व्यक्त गर्दै सङ्घले राहत प्रदान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।