हात चुँडिएकी रेनुको उपचारका लागि विद्यार्थीले जुटाए ११ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    हात चुँडिएकी रेनुको उपचारका लागि विद्यार्थीले जुटाए ११ हजार

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७९, बुधबार

    दमौली । मोटरसाइकल दुर्घटनामा हात चुँडिएकी ऋषिङ-१ झापुटारकी रेनु थापाको उपचारका लागि विद्यार्थीले ११ हजार ८० जुटाएका छन् । व्यास-४ स्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत विद्यार्थीले रेनुको उपचारका लागि सहयोग जुटाएका हुन् ।

    विद्यार्थीहरुको समुह केजीए स्टुडेन्ट काउन्सिलको अग्रसरता र विद्यालयको सहकार्यमा विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीले एकदिनको खाजा खर्च कटाएर उक्त रकम संकलन भएको हो ।

    उक्त रकम काउन्सिलका प्रमुख कल्पना थापा र विद्यालयका संस्थापक एवं प्रबन्ध निर्देशक मिलन गोदारले घाइतेका श्रीमानलाई हस्तान्तरण गरिएको छ ।

    गत शनिबार पाटनबाट झापुटार जॉदै गरेको मोटरसाइकलमा सल अड्किएर हात पाङ्ग्रामै पर्दा रेनुको हात चुँडिएको छ । उनको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।