इंग्ल्याण्डलाई १२ वर्षपछि विश्वकप क्रिकेटको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    इंग्ल्याण्डलाई १२ वर्षपछि विश्वकप क्रिकेटको उपाधि

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०७९, आईतवार

    एजेन्सी । पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इंग्ल्याण्डले १२ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि उचालेको छ। 

    सन् २०१० को च्याम्पियन इंग्ल्याण्डले दोस्रो पटक विश्वकपको ट्रफी उचालेको हो।

    यसअघि सन् २०१६ मा इंग्ल्याण्ड फाइनलमा पुगेपनि वेष्टइन्डिजसँग ४ विकेटले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो। 

    यता १३ वर्षपछि विश्वकपको फाइनलमा पुगेको पाकिस्तानको उपाधि उचाल्ने सपना तुहिएको छ। 

    सन् २००९ पछि पहिलो पटक फाइनलमा पुगेको पाकिस्तान इंग्ल्याण्डसँग पराजित भएसँगै दोस्रो पटक उपाधि उचाल्ने सपना अधुरै रहेको हो।