दमौली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि तनहुँमा म्यादी प्रहरी सम्बन्धित मतदान केन्द्रमा खटिएका छन् । जिल्लाका सबै मतदान केन्द्रका लागि म्यादी प्रहरी खटिएका हुन् ।
बुधबार बिहान दमौलीमा जम्मा भएका म्यादी प्रहरी मतदान केन्द्रमा खटिएर गएका हुन् । आफ्नो जिम्मेवारी पूरा गरेर फर्किने भन्दै उत्साहपूर्ण रुपमा म्यादी प्रहरी मतदान केन्द्रतर्फ लागेका छन् ।