दमौली । तनहुँको भानु नगरपालिकामा ७३ घरधुरी नेकपा एमालेमा प्रवेश गरेका छन्। भानु-१ डिमुराबासका ७३ घरधुरीका ४८० जना नेकपा एमाले प्रवेश गरेको युवासंघ तनहुँका अध्यक्ष मदन तिमिल्सनाले जानकारी दिए ।
दिपक कुमालको नेतृत्वमा एमाले प्रवेश गर्नेहरुलाई बुधबार नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य एवं तनहुँ-१ का उम्मेदवार एकबहादुर राना, केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने लगायतले स्वागत गरेका थिए ॥