दुलेगौडा । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ र १२ मा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधवार दुलेगौंडामा एक कार्यक्रमकाबीच २ दर्जन युवा एमाले प्रवेश गरेका हुन् ।
वडा नं. ११ मा नेकपा माओवादी केन्द्रका दिपक भट्टराई र वडा नं. १२ मा माओवादीका सुक बहादुर गुरुङ र नेपाली काङग्रेसका लक्ष्मण गुरुङको नेतृत्वमा एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य एवम् तनहुँ २ का प्रतिनिधी सदस्य उम्मेदवार किरण गुरुङ र तनहुँ–२ प्रदेश २ का उम्मेदवार श्यामराजा महतले स्वागद गर्दै कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने अभियानमा सामेल भएकोमा धन्यवाद दिए ।
नेता गुरुङले पार्टीले क्षमता अनुसारको जिम्मेवारी दिने बताए । उनले नेपालमा नेकपा एमालेनै कम्युनिष्ट आन्दोलनको मुल पार्टी भएको प्रष्ट पारे । प्रदेश उम्मेदवार महतले एमाले सहि नीतिका कारण देशभर एमालेप्रति आकर्षण रहेको बताउदै एमालेले मात्र देशको विकास गर्न सक्ने उल्लेख गरे ।
पार्टी प्रवेश गरेका गुरुङ र भट्टराईले देशको समृद्धि एमालेबाट सम्भव भएकाले नेकपा एमाले रोजेको बताए । नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्द्र गुरुङ, सचिव रघुनाथ पौडेल लगायतले बोलेका थिए ।