एमाले नेतृत्वद्वारा बजेट विनियोजन गरेको योजना कांग्रेस नेताले उदघाटन गर्दै हिँडेका छन् : पूर्वमन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    एमाले नेतृत्वद्वारा बजेट विनियोजन गरेको योजना कांग्रेस नेताले उदघाटन गर्दै हिँडेका छन् : पूर्वमन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०७९, बिहीबार

    दुलेगौडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले एमाले नेतृत्वको सरकारले गरेका कामको काङ्ग्रेस नेताहरुले उदघाटन गर्ने अवसर पाएको बताएका छन् ।

    बिहीबार प्रचारप्रसारको अन्तिम दिन खैरेनीटारमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्व र अर्थमन्त्री हुँदा विनियोजन गरिएका आयोजनामा कांग्रेसका नेताले उद्घाटन गर्ने अवसर पाएको बताए । ‘बुल्दी खोलामा निर्माण गरिएको पुल उद्घाटन गर्न रामचन्द्र पौडेल पुगे । घिरिङमा एक घर एक धाराको उद्घाटन गर्न काङग्रेसकी सरिता गुरुङ पुगिन, उनले थपे, ‘जसले बजेट छुट्याउँदैम । विकासको नाममा सिन्को भाच्दैन तर उद्घाटन गर्न आफै जानुपर्छ । उनले रामचन्द्र र शंकर भण्डारी जाने गाउँमा पक्की पुल र सडक कालोपत्रे गर्ने काम गएको पाँच वर्षमा भएको उल्लेख गरे ।

    एमाले नेता अर्थमन्त्री विष्णु पौडेल हुँदा आफ्नै नेतृत्वमा शुक्लागण्डकी–७ र भिमाद–८ जोड्न दोभानमा पुल बनाउन बजेट परेको जानकारी दिदै डिजाईन परिवर्तन र विभिन्न कारणले पुल सम्पन्न गर्नमा ढिलाई भएको प्रष्ट पारे । तर अहिले काङग्रेस नेताले म सम्पन्न गर्छुभन्दै हिडेको सुनेको छु, उनले अगाडी भने, बजेट छ, ठेक्का भइसक्यो, निर्माण व्यवसायी आफैले सम्पन्न गरिहाल्छनी । उनले काङग्रेसले २८ वर्षसम्म शाशन गर्दा सम्झनालायक कुनै काम नभएको दाबी गरे । उनले विगतको कामको मुल्यांकन गरि आगामी निर्वाचनमा जनताले मत व्यक्त गरे विश्वास व्यक्त गरे ।

    नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र उपाध्यायले आफ्नै क्षेत्रमा जन्मि, हुर्किएर राजिनिति गरेका व्यक्तिलाई मंसिर ४ मा सुर्य चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिए । एमाले निकट जनवर्गीय संगठनले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रम दुलेगौंडाबाट शुरु भई बेलचौतारा हुदै खैरेनीटारमा पुगेर कोणसभा परिणत भएको हो ।