दमौली । तनहुँ १ प्रदेश १ का उम्मेदवार हरिराज जोशीले गठबन्धनका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको बताएका छन् । भानु नगरपालिका-११ टुहुरे पसलमा बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले आफूमाथि सांघातिक आक्रमण गरेको जनाएका छन् ।
चुनाव प्रचारको क्रममा बिहीबार ४:३० बजे आफूमाथि आक्रमण भएको उनको भनाई छ । ‘स्वतन्त्र उमेदवारको लोकप्रियतासँग आत्तिएर, डराएर यस्तो खालको आक्रमण भएको हो,’ उनले भने ।