मतदान गरेपछि पाैडेलले भने : राष्ट्रका लागि नागरिकले कर्तव्य पूरा गर्नुपर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    मतदान गरेपछि पाैडेलले भने : राष्ट्रका लागि नागरिकले कर्तव्य पूरा गर्नुपर्छ

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७९, आईतवार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रत्येक नागरिकले राष्ट्रका लागि कर्तव्य पूरा गर्नुपर्ने बताउँदै मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।

    व्यास नगरपालिका–२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट आज पहिलो मतदाताका रुपमा मतदान गर्दै वरिष्ठ नेता पौडेलले सरकार र निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन लागेको भन्दै निर्धक्क भएर मतको प्रयोग गर्न आग्रह गरे ।

    नागरिकले निर्धक्क भएर विवेक पु¥याएर मतदान गर्नुपर्ने बताउँदै पौडेलले भने, “संविधान निर्माणपछिको दोस्रो आम निर्वाचन आज सम्पन्न हुँदैछ, विवेकको प्रयोग गर्नुपर्छ ।” पौडेलले आफू देशका लागि समर्पित व्यक्ति भएको र देशका लागि सङ्घर्ष गर्दै आएको भन्दै देशको समस्या समाधानका लागि आफू उम्मेदवार बनेको प्रष्ट पारे ।

    जिल्लाको विकासलाई निरन्तरता, देशमै रोजगारीको व्यवस्था, देशलाई सबल बनाउने उद्देश्यसहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको पौडेलले बताए । देशमा सुशासन आवश्यक परेको भन्दै आफूले देशको कार्यकारी भूमिकामा रहेर काम गर्ने चाहना गरेको पौडेलको भनाई थियो । “देशलाई सुशासन दिनका लागि कार्यकारी भूमिका नै चाहिन्छ,” पौडेलले भने ।