दमौली । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ मा आज मध्यान्ह १२ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले मध्यान्ह १२ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको हो ।
निर्वाचन अधिकृत गोविन्द उपाध्यायले सर्वदलीय बैठकको सहमति अनुसार मतगणना सुरु गर्ने तयारी गरिएको जानकारी दिए ।
क्षेत्र नम्बर २ मा एक लाख २५ हजार पाँच मतदाता रहेकामा ६८ हजार दुई सय ७१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी र नेकपा (एमाले) का किरण गुरुङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
यता तनहुँ क्षेत्र नम्बर १ को मतगणना सुरु गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक जारी छ ।