तनहुँ २ः शंकर भण्डारी मतान्तर बढाउदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ २ः शंकर भण्डारी मतान्तर बढाउदै

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७९, सोमबार

    दुलेगाैडा । तनहुँ २ मा नेपाली कांग्रेसका शंकर भण्डारीले मतान्तर बढाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार भण्डारीले नेकपा एमालेका किरण गुरुङसँग ५१९ मतान्तर अग्रता लिएका छन् ६ हजार ३ मतगणना हुँदासम्म भण्डारीले २ हजार ६५१ र गुरुङले २ हजार १३२ मत पाएका छन् । दुवै पूर्व वनमन्त्री हुन् ।

    गुरुङ नेकपा एमालेका स्थायी कमिटी सदस्य र भण्डारी नेपाली कांग्र्रेसका केन्द्रिय सदस्य छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५२० मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतको १४६ र हाम्रो नेपाल पार्टीका विष्णु पराजुलीको ८९ मत आएको छ ।

    यस्तै प्रदेश ‘क’ पनि सत्ता गठबन्धनका उम्मेदवार अगाडी देखिन्छन् । नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले ६८१ र उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका श्यामराजा महतले ४७३ मत पाएका छन् । हालसम्म १ हजार ४९७ मत गणना भएको छ ।