पौडेलको अग्रता कायमै रहँदा जोशी पाँचौ स्थानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    पौडेलको अग्रता कायमै रहँदा जोशी पाँचौ स्थानमा

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७९, मंगलवार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । सोमबार राति १२ बजेसम्मको परिणाम अनुसार पौडेलले प्रतिस्पर्धीभन्दा तीन सय ६६ को मतान्तर जारी राखेका छन् ।

    बाम लोकतान्त्रिक गठबन्धनका पौडेलले एक हजार २५ मत प्राप्त गर्दा नेकपा एमालेका एकबहादुर रानाले छ सय ५९ मत प्राप्त गरेका छन् ।

    त्यस्तै तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले दुई सय ९०, चौथोमा राप्रपाका विनोद घर्तीले दुई सय ४८ र पाँचौमा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले एक सय ५२ मत प्राप्त गरेका छन् ।