तनहुँ २ प्रदेश १ मा माओवादीका न्यौपानेको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ २ प्रदेश १ मा माओवादीका न्यौपानेको अग्रता

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७९, मंगलवार

    दमाैली । तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ मा नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले अग्रता लिएका छन् । आज बिहान ९ः३० बजेसम्म सार्वजनिक मतपरिणाम अनुसार न्यौपाने प्रतिस्पर्धी भन्दा पाँच सय पाँच मतले अगाडी छन् ।

    १३ हजार दुई सय ३६ मतगणना सकिँदा न्यौपानेले पाँच हजार तीन सय ४६ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा (एमाले) का श्यामराजा महतले चार हजार आठ सय ४१ मत प्राप्त गरेका छन् । राप्रपाका रेशमराज अधिकारीले एक हजार चार सय ९४ मत प्राप्त गरेका छन् ।