दमाैली । तनहुँ-१ काे प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल निर्वाचित भएका छन् । बिहीबार बिहान सार्वजनिक मतपरिणाम अनुसार पाँच हजार तीन सय ७५ मतान्तरले पाैडेल निर्वाचित भएका हुन् ।
पाैडेलले २५ हजार तीन सय १८ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नाै सय ४३ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार गाेविन्दराज जाेशीले ६ हजार आठ सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनाेद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गरेका छन् ।