


दुलेगौडा । तनहुँ निर्वाचन क्षेत्र नं. २ को समानुपातिकतर्फको मतमा नेकपा एमाले पहिलो भएको छ । प्रतिनिधिसभा तर्फ २२ हजार ८ सय ४ मत प्राप्त गर्दै एमाले पहिलो भएको हो ।
यसैगरी २२ हजार २ सय ६३ मत सहित नेपाली काङ्ग्रेस दोस्रो भएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हले १० हजार १ सय २९ मत ल्याएर तेस्रो स्थानमा आएको छ ।
नेकपा माओवादी केन्द्रको हसिया हथौडाले ५ हजार २ सय ४७ मत ल्याएको छ । राप्रपाको हलोले १ हजार ७ सय ३४ मत ल्याएको छ । नेकपा एकीकृत समाजवादीको कलम चिन्हले ४ सय ४४, हाम्रो नेपाली पार्टीको लौरोले ४ सय १७ मत प्राप्त गरेको छ ।
मंगोल नेशनल अर्गनाइजेसनको भाले चिन्हले ६ सय २५ र राष्ट्रिय जनमुक्ति पार्टीको घर चिन्हले ४ सय २९ मत ल्याएको छ । नेकपा मालेको हसिया र तारा चिन्हले १ सय ३४ मत ल्याएको छ । अन्य दलले पनि केहि मत ल्याएका छन् ।
यस क्षेत्रमा १ लाख २५ हजार ५ मतदातामध्ये ६८ हजार ३ सय ४३ मत खसेकोमा कुल ३ हजार ३ सय ८ मत बदर भएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए ।