दमौली । तनहुँको ऑबुखैरैनी-४ वेनीटारबाट लागुऔषध सहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास-१ भादगाउँका २७ वर्षीय सुमन भण्डारी र व्यास-२ गणेशमानचोकका ३३ वर्षीय प्रितम श्रेष्ठ छन् ।
काठमाडौबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ९३६ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरुलाई लागुऔषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट नुफिन- ४६ एम्पुल, डाईजेपाम- ४६, एम्पुल र फेनरागन- ४६ एम्पुल गरी जम्मा १३८ एम्पुल नियन्त्रित लागुऔषध बरामद गरेको छ ।