पुस २२ देखि पाँचौ आदिवासी महोत्सव हुँदै, व्यासले दियो अनुमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पुस २२ देखि पाँचौ आदिवासी महोत्सव हुँदै, व्यासले दियो अनुमति

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७९, मंगलवार

    दमाैली । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा पुस २२ देखि पाँचौ आदिवासी जनजाति महोत्सव हुने भएको छ । व्यास नगरपालिका–३ विपी वनवाटिकामा परिषद्ले माघे सङ्क्रान्तिको अवसर पारेर महोत्सव आयोजना गर्न लागेको हो ।

    परिषद्का अध्यक्ष सुजित हिराचनले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्य सहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

    महोत्सव सञ्चालनका लागि व्यास नगरपालिकाले विपी वनवाटिका खेलमैदान उपलब्ध गराउने निर्णय गरेको छ । परिषदल् गत भदौ २६ गते नगरपालिकामा खेलमैदान उपलब्ध गराइदिन माग गर्दै निवेदन दिएकामा मङ्गलबार नगरपालिकाले अनुमति दिएको परिषद्का उपाध्यक्ष नन्दु थापाले जानकारी दिए ।

    उक्त अवधिभर कुनै प्रकारको ध्वनी प्रदूषण नहुने गरी, फोहरमैला आयोजक संस्थाबाट नै पूर्णरुपमा सरसफाई गर्ने गरी महोत्सव स्थल उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।