कृष्ण मोटरमार्गमा कालोपत्रे, १५ दिन बाटो बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    कृष्ण मोटरमार्गमा कालोपत्रे, १५ दिन बाटो बन्द

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०७९, मंगलवार

    दमौली ।घिरिङको कृष्ण मोटरमार्ग अन्तर्गतको बाटो १५ दिन बन्द गरिने भएको छ। घिरिङ गाउँपालिकाको कृष्ण मोटरमार्ग अन्तर्गत खिलादेखि गाउँपालिका कार्यालय भवन पोखरीछाप सम्मको बाटो कालोपत्रे सुचारु हुने भएकोले मंसिर १५ गते देखि मंसिर २९ गते सम्म सवारीसाधन आवतजावतमा रोक लगाइएको हो।

    सो मार्गबाट सवारी बन्द गरी अन्य वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गर्दै मंगलबार गाउँपालिका अध्यक्ष होम बहादुर थापाले एक सुचना जारी गरेका छन् ।