जब विश्वकपमा फहरायो नेपालको झण्डा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जब विश्वकपमा फहरायो नेपालको झण्डा

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०७९, बुधबार

    दमौली । कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताले विश्वको ध्यान खिचेको छ । रंगशालामा पुगेर प्रत्यक्ष खेल हेर्न विश्वका विभिन्न ठाउँबाट सर्वसाधारण कतार पुगेका छन् ।

    दमौलीका केही युवा पनि कतार पुगेर खेल अवलोकन गरेका छन् । व्यास-२ दमौली निवासी रमजान अली, जब्बारदिन मियॉ लगायतले रंगशालामा नेपालको झण्डा फहराएका छन् ।

    रंगशालामा नेपालको झण्डा फहराउन पाउँदा गर्व लागेको रमजानले बताए । ‘स्टेडियमभित्र विश्वकप हेर्नुको आनन्द आफ्नो ठाउँमा छ ।गर्व र आनन्द त तब लाग्छ जब आफ्नो देशको झण्डा विश्वकपको मैदानभित्र उठाउनुमा लाग्छ,’ उनले भने ।