सडक आयोजनाले भत्काउने रुखको ठूटो शुक्लागण्डकीले हटायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सडक आयोजनाले भत्काउने रुखको ठूटो शुक्लागण्डकीले हटायो

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७९, बिहीबार

    दुलेगाैडा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाका केही भागमा मुग्लिन पोखरा सडक आयोजनाले हटाउने रुखको ठुटा र चौतारामै नगरपालिकाले डोजर लगाएको छ ।

    राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना भत्काउन गत भदौ ३१ गते ३५ दिने सूचना प्रकाशित गरेको नगरपालिकाले ७५ दिनपछि रुखको ठुटा र चौतारा भत्काएको हो । मुग्लिन पोखरा सडक आयोजनाको क्षेत्राधिकार मात्र पर्ने उक्त संरचना आयोजनाले नै भत्काउने तयारी गरिएकामा नगरपालिकाले आफ्नै खर्चमा डोजरले भत्काएपछि स्थानीयवासी अचम्मित परेका छन् ।

    प्रचारका लागि बेकारमा सरकारी सम्पत्ति खर्च गरी नाटक गरिएको स्थानीयवासी बताउँछन् । मुग्लिन पोखरा सडक आयोजनाले पहिलो चरणमा आफ्नो आयोजनाको क्षेत्राधिकार भित्र पर्ने रुखहरु कटान गरेको र बाँकी रहेको ठुटा आयोजना आफैंले अर्को चरणमा हटाउने तयारी गरेको थियो। तर नगरपालिकाले किन आफ्नै खर्चमा उपलब्धिहीन काम गरेको भन्दै प्रश्न गरेका छन् ।

    ‘रुखका ठुटा हटाउने कार्य गर्न मुग्लिन पोखरा सडक आयोजनाले शुक्लागण्डकी नपालाई आर्थिक सहयोग गरेको हो ? कि नगरपालिकाको आफ्नै खर्चमा हो ? नगरपालिकाको आफ्नै खर्चमा हो भने जनतासंग उठाएको करको दुरुपयोग गर्ने अधिकार नपालाई छैन’ एक नगरवासीले भने, ‘यो सरासर भ्रष्टाचार हो ।’