पत्रकार महासंघ तनहुँको साधारण सभा पुस १ र २ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार महासंघ तनहुँको साधारण सभा पुस १ र २ गते

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७९, शुक्रबार

    दमौली । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको साधारणसभा पुस १ र २ गते हुने भएको छ । महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमिति बैठकले उक्त मितिमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

    साधारणसभा लुम्बिनीमा आयोजना गर्ने निर्णय गरिएको छ । पत्रकारलाई भ्रमण समेत गराउने उद्देश्यले बुद्धको जन्मभूमि लुम्बिनीमा साधारणसभा गर्ने निर्णय गरिएको अध्यक्ष पौडेलले बताए ।

    बैठकले नयाँ सदस्यताका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ । १५ दिनभित्र नेपाल पत्रकार महासंघ तनहुँ शाखाको साधारण सदस्यताका लागि आवेदन खुला गरिएको महासंघले जनाएको छ ।