महिला उद्यमी सङ्घ र इनरह्विल क्लवद्वारा विद्यार्थीलाई न्यानो कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिला उद्यमी सङ्घ र इनरह्विल क्लवद्वारा विद्यार्थीलाई न्यानो कपडा

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७९, शुक्रबार

    दमौली । महिला उद्यमी संघ तनहुँ र इनरह्लिल क्लव अफ दमौलीको आयोजनामा व्यास-११ शेरास्थित तातोपानी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

    क्लवले विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीलाई ट्रयाकसुट, जुत्ता, मोजा, स्वीटर, टोपी वितरण गरेको महिला उद्यमी संघ तनहुँकी संस्थापक अध्यक्ष निर्मला मल्लले जानकारी दिइन् ।

    कार्यक्रममा वडाध्यक्ष दलबहादुर दुराले सहयोगले विद्यार्थीलाई नियमित विद्यालय आउने अवस्था सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा इनरह्विल क्लवका अध्यक्ष शर्मिला मल्ल, विद्यालयका अध्यक्ष चित्रबहादुर आले, प्रधानाध्यापक शान्तादेवी सेढाई, इनरह्विलका निवर्तमान अध्यक्ष मन्जु थापा, पूर्व अध्यक्ष आशा बानिया, रोटरी क्लव अफ दमौलीका सहसचिव शेरबहादुर बोटे, महिला उद्यमी संघकी महासचिव सरु श्रेष्ठ लगायतले बोलेका थिए ।