तनहुँ क्रिकेट लिग : १०८ द्वारा नाम दर्ता, आज अन्तिम दिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ क्रिकेट लिग : १०८ द्वारा नाम दर्ता, आज अन्तिम दिन

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०७९, शनिबार

    दमौली । दमौलीमा आयोजना हुने तेस्रो तनहुँ क्रिकेट लिगका लागि १०८ खेलाडीले नाम दर्ता गरेका छन् । पेलिकन्स क्लव तनहुँको आयोजनामा मंसिर तेस्रो साता आयोजना हुने लिगका लागि शनिबारसम्म १०८ जनाले नाम दर्ता गरेका हुन् ।

    तनहुँका अतिरिक्त बाहिरी जिल्लाका खेलाडीले पनि नाम दर्ता गरेको क्लवका अध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी दिए । लिगमा सहभागी हुन नाम दर्ता गराउने आज अन्तिम दिन हो । ‘तनहुँका खेलाडीलाई बढी प्राथमिकता दिनेछौ,’ उनले भने ।

    लिगमा चार वटा टिम सहभागी हुनेछन् । आइतबार टिम घोषणा हुने पौडेलले जानकारी दिए । टिम लिलामी प्रकृयाबाट छनोट गरिनेछ ।

    प्रथम वर्ष आयोजित लिगको उपाधि दमौली रिभल्स र दोस्रोको उपाधि दमौली क्रिकेट क्लवले जितेको थियो ।