अपांगता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अपांगता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७९, शनिबार

    दमाैली । अपांगता भएका व्यक्तिहरुको ३१ औँ अन्तराष्ट्रिय अपांगता दिवस दमाैलीमा शनिबार सम्पन्न भएको छ । जिल्लामा एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।

    बजार परिक्रमा गरी कोण सभामा परिणत भएको कार्यक्रममा बेलुन फुटाई, घैँटो फुटाई र विभिन्न विद्यालयमा अध्ययनरत अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा नगद वितरण गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले अपांगता भएका व्यक्तिहरुको अधिकारको सवालको विषय गम्भीर रहेको बताउँदै अन्तराष्ट्रिय स्तरमै अधिकारको विषयलाई सम्बोधन गर्न दिवस मनाउन लागिएको बताए।

    उपप्रमुख ईन्दिरा दरैले अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरण नभए सम्म अवस्था निकै गम्भिर भैरहने भन्दै आय आर्जन तर्फ सम्बन्धित सबैले ध्यान दिनुपर्ने बताइन् । बालबालिकाको पहिलो अधिकार नै गुणस्तरीय शिक्षा भएको बताउँदै उनले जिल्लामा रहेका सवै श्रोत कक्षामा रहेका अध्ययनरत वालवालिकाहरुको शैक्षिक अवस्था सुधारमा सम्बन्धित सवै लाग्नुपर्ने बताइन् ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा तनहुँद्धारा अपांगता अधिकार सम्बन्धि सचेतना मुलक नाटक “हाम्रो पनि कुरा छ ” नाटक प्रदर्शन गरिएको थियो ।

    सिन्धु आधारभूत विद्यालय, व्यास ५, सिद्ध बेनी आधारभूत विद्यालय, व्यास १३, बुद्ध दाहाल बहिरा आधारभूत विद्यालय, व्यास १ मा अध्ययनरत अपांगता भएका विद्यार्थीहरु, जिल्लामा अपांगता अधिकारका सवालमा कार्य गर्ने अगुवा संस्था रिसेड, अपांगता महिला सशक्तिकरण समाज, तनहुँ, तनहुँ बहिरा संघ, नेत्रहिन संघ, तनहुँ, सहृदयी मञ्च तनहुँ, ढोरफिर्दी स्वावलम्बन मञ्च, कोशिस नेपाल, नेपाल रेडक्रस सोसाईटी, व्यास नगरपालिका , सामाजिक विकास कार्यालय लगायतका संस्थाहरुको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो । रिसेडका अध्यक्ष पदम बहादुर परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सहृदयी मञ्चका सचिव कृष्णा थापाले सञ्चालन गरेकी थिइन् ।