गण्डकीको समानुपातिकमा तनहुँबाट कोही नपर्ने !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    गण्डकीको समानुपातिकमा तनहुँबाट कोही नपर्ने !

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७९, सोमबार

    दमौली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकीमा प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ ।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सदस्य छानिन्छन् । कुल सदस्यको ३३ प्रतिशत अर्थात् २० जना महिला हुनुपर्छ ।

    प्रत्यक्षमा एमालेबाट मात्रै दुई महिला (दलित एक, खस–आर्य एक) निर्वाचित भएका छन् । बाँकी समानुपातिकबाट पूर्ति गर्नुपर्छ । 

    गण्डकीमा समानुपातिकबाट एमालेले १०, कांग्रेसले नौ, माओवादीले तीन र राप्रपाले दुई सिट पाउने देखिन्छ । दलहरूले पाएको सिटअनुसार छनोट गर्दा आदिवासी जनजाति ४२.३७, खस–आर्य ३७.२४, दलित १७.४४, थारू १.७२, मधेसी ०.५२ र मुस्लिम ०.७१ प्रतिशत छान्नुपर्ने हुन्छ । जसभित्र अल्पसंख्यक समुदायबाट ६.०२ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट ०.०८ प्रतिशत उम्मेदवार समावेश गर्नुपर्ने हुन्छ ।

    यो तथ्याङ्कले तनहुँबाट कोही पनि समानुपातिकमा नपर्ने देखिएको छ । नेपाली कांग्रेसबाट तीन, नेकपा माओवादी केन्द्रबाट तीन र नेकपा एमालेबाट एक जना बन्दसूचीमा छन् । तनहुँबाट समानुपातिकमा प्रतिनिधित्व नहुने देखिएको छ ।

    नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य ध्रुव वाग्ले खसआर्यको दोस्रो नम्बरमा छन् । कांग्रेसबाट नौ जना महिला नै समानुपातिकबाट सांसद बन्नेछन् ।