क्यान महासङ्घ तनहुँको अध्यक्षमा भुषाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान महासङ्घ तनहुँको अध्यक्षमा भुषाल

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७९, बुधबार

    दमाैली । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश भुषाल चयन भएका छन् । महासङ्घको बुधबार सम्पन्न दशौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । अध्यक्षमा चयन भएका भुषाल यसअघिको कार्यसमितिको उपाध्यक्ष थिए ।

    अधिवेशनबाट उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा सुशीलकुमार श्रेष्ठ, कोषाध्यक्षमा मीनबहादुर कुंवर र सहसचिवमा सीता पाण्डे चयन भएका छन् ।

    No description available.

    सदस्यहरुमा रामप्रसाद भुषाल, उमेश भुषाल, पवन पौडेल, श्रवण श्रेष्ठ चयन भएका छन् ।

    No description available.

    यसअघि अधिवेशनको उद्घाटन गर्दै क्यान गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेले सूचना प्रविधिको क्षेत्रमा तीन तहको सरकारसँग मिलेर काम गर्ने बताए। तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठले समय सापेक्ष ढङ्गबाट अगाडी बढ्दै सूचना प्रविधिको क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्नुपर्ने बताए ।

    No description available.

    आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले क्यानसँग सहकार्य गरेर काम गर्न क्याम्पस तयार रहेको बताए। नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष उज्ज्वल पौडेलले सूचना प्रविधिको क्षेत्रमा जागरण ल्याउन क्यानको भूमिका सकारात्मक रहेको चर्चा गरे।

    क्यान तनहुँका अध्यक्ष टीकाराम पनेरुले तीन वर्षे कार्यकालमा कोभिडका बाबजुद पनि केही उल्लेख काम गर्न सकिएकाे बताए ।