जन्मदिनमा छोरीलाई २० लाखको बीमा पोलिसी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जन्मदिनमा छोरीलाई २० लाखको बीमा पोलिसी

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७९, बुधबार

    दमौली । व्यास नगरपालिका–४ निवासी दीपक राईले छोरीको जन्मदिनको अवसरमा बीस लाखको बीमा गरिदिएका छन् । सानिमा लाइफ इन्स्योरेन्समा एजेन्सी म्यानेजर समेत रहेका राईले चार वर्षीया छोरी वर्षा राईको बीमा गरिदिएका हुन् ।

    जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गर्दै राईले समाजका अन्य मानिसहरुमा सकारात्मक सन्देश प्रवाह गरेको सानिमा लाइफ इन्स्योरेन्स दमौली शाखाका म्यानेजर विनय राउतले जानकारी दिए । प्रत्येक वर्ष जन्मदिनको दिन उक्त इन्स्योरेन्समा किस्ता बुझाउने गरी म्यानेजर राउतले वर्षा राईलाई बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।