दमौली । कुहिरो र सूर्योदयको मनोरम दृश्य देखिने व्यास नगरपालिका-५ मानुङकोटबाट रातिको समयमा पनि उत्तिकै मनमोहक दृश्य देखिन्छ ।
पछिल्लो समयमा चर्चित बनेको मानुङकोटबाट रातिको समयमा दमौली लगायतका आसपासका झिलीमिली दृश्य देख्न सकिन्छ । राति मानुङकोट पुगेर दृश्यावलोकन गर्दै बिहानी सूर्योदय र कुहिरो हेरेर फर्किने आन्तरिक पर्यटकको पछिल्लो समय भिड लाग्ने गरेको छ ।