दमौली । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा रोटर्याक्ट क्लव अफ दमौलीले स्वागत बोर्ड राखेको छ । मानुङकोट आउने पर्यटकलाई लक्षित गरी क्लवले बुधबार स्वागत बोर्ड राखेको हो ।
क्लवका अध्यक्ष विशाल श्रेष्ठका अनुसार स्वागत बोर्डमा क्युआर कोर्ड राखिएको छ । क्युआर कोर्ड स्क्यान गरेपछि मानुङकोटका बारेमा विस्तृत जानकारी प्राप्त हुनेछ ।
क्लवको आतिथ्यमा शुक्रबार र शनिबार मानुङकोटमा चौथो जोनल मिटिङ आयोजना हुँदैछ । मिटिङमा तनहुँ, गोरखाका विभिन्न क्लवको प्रतिनिधित्व रहनेछ ।