यातायात कार्यालय विमलनगरमा लिखित परीक्षा सञ्चालन हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यातायात कार्यालय विमलनगरमा लिखित परीक्षा सञ्चालन हुने

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०७९, बिहीबार

    दमाैली । तनहुँको विमलनगरस्थित यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा सञ्चालन हुने भएको छ । मंसिर १८ गतेदेखि २१ गतेसम्म बायोमेट्रिक दर्ता गराएका नयाँ परीक्षार्थीका लागि लिखित परीक्षा सञ्चालन गर्न लागिएको हो ।

    स्कुटर र मोटरसाइकल चालकका लागि शनिबार दिनको १ बजे र कार, जीप र भ्यान चालकका लागि दिउँसो ३ बजे लिखित परीक्षा सञ्चालन गरिने कार्यालय प्रमुख रामप्रसाद शर्माले जानकारी दिए ।

    कार्यालयले यहीबाट सवारी चालक अनुमतिपत्र वितरण गर्न थालेकाे छ । त्यसका लागि लिखित र ट्रायल सुरु गरिएकाे छ । यसअगाडी सवारी चालक अनुमतिपत्र नवीकरण र नयाँ बनाउन पाेखरा जानुपर्ने बाध्यता थियाे ।