कांग्रेसले टुंगो लगायो गण्डकी समानुपातिक सांसद, तनहुँ शुन्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेसले टुंगो लगायो गण्डकी समानुपातिक सांसद, तनहुँ शुन्य

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०७९, शनिबार

    दमौली । नेपाली कांग्रेसले गण्डकी प्रदेशका लागि समानुपातिक सांसद टुंगो लगाएको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले प्रदेशका लागि समानुपातिक सांसद टुंगो लगाएको हो ।

    कांग्रेसले गण्डकीमा नौ सांसद पाएको छ। गण्डकीमा दलित महिला तर्फ दिल माया पौ.बी, टीकाकुमारी बस्याल चयन भएका छन्।

    जनजाति महिलातर्फ विमला गौचन र रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ।

    यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएका छन् ।

    तनहुँ शुन्य

    २०७४ मा समानुपातिकमा तनहुँबाट दुई सांसद पाएको कांग्रेसले यसपटक एउटा सांसद पनि पाएन । बन्दसूचीमा ध्रुव वाग्ले, श्याम मौराती, चिनु पोख्रेल समावेश थिए । दलिततर्फबाट श्याम मौरातीले मौका पाउने सम्भावना थियो । तर सबै महिला पठाउनुपर्ने भएपछि पुरुष समानुपातिकबाट सांसद बन्न वञ्चित भएका छन् ।