आँबुखैरेनीमा एक सय शय्याको अस्पताल बनाउने चुमानको लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा एक सय शय्याको अस्पताल बनाउने चुमानको लक्ष्य

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७९, आईतवार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको लक्ष्य राखिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी क्षेत्रमा एक सय शय्या क्षमताको अस्पताल अति आवश्यक भइसकेको बताए । आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल निर्माण गरिने बताए । त्यसका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको चुमानले बताए ।

    “१५ बेडको अस्पताल हामी आफै चलाइरहेका छौ, एक सय बेडको अस्पताल प्रदेश र संघको सहकार्यमा बनाउने मन छ,” उनले भने, “त्यसपछि आँबुखैरेनीमात्र नभई छिमेकी जिल्लाका सर्वसाधारण स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।”