सरकारले ल्याएको अध्यादेशको सत्तारुढ दलकै कार्यकर्ताद्वारा विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकारले ल्याएको अध्यादेशको सत्तारुढ दलकै कार्यकर्ताद्वारा विरोध

    खबरपुञ्ज संवाददाता

    २५ मंसिर २०७९, सोमबार

    दमौली । सरकारले राजनीतिक दलसँग भएको सहमति कार्यान्वयनका नाममा जुनसुकै अदालतमा विचाराधीन रहेका जस्तासुकै मुद्दा पनि फिर्ता लिनसक्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता अध्यादेशको सत्तारुढ दलकै कार्यकर्ताले विरोध गरेका छन् ।

    नेपाली कांग्रेस र नेकपा माओवादीका नेता तथा कार्यकर्ताले उक्त अध्यादेशको विरोध गरेका हुन् । नेपाली कांग्रेस तनहुँ क्षेत्रीय सभापति चुडामणि खनालले अदालतमा विचाराधीन मुद्धालाई अध्यादेश मार्फत् कानुन परिवर्तन गरी छुटकारा दिनु कदापी राम्रो नभएको बताए ।

    ‘अध्यादेश हिजो बेठीक किनकी हिजो हामी प्रतिपक्षमा थियौ आज ठिक किनकी हामी सत्तामा छौ, यो कदाचित हुँदैन । बेठिक बेठिक नै हुन्छ सत्तामा हुँदी होस् या प्रतिपक्षमा हुँदा,’ उनले भने ।

    शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले घुमाउरो पारामा अध्यादेशको विरोध गरे । उनले भनेका छन्, ‘निर्णय सहि कि गलत पछि समिक्षा गरौला, तर प्रकृया गलत छ गलतलाई गलत नै भन्ने आँट गरौ । ठूलाले गरेपछि जे पनि हुन्छ भन्न सकिदैन,’ उनले भनेका छन् ।