पूर्ण स्मृति सम्मान तथा पुरस्कारका लागि छनौट समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्ण स्मृति सम्मान तथा पुरस्कारका लागि छनौट समिति गठन

    खबरपुञ्ज संवाददाता

    २७ मंसिर २०७९, बुधबार

    दुलेगौडा । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कारका लागि छनौट समिति चयन गरिएको छ ।

    रेडियोका अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षतामा सोमवार सम्पन्न कार्य समिति बैठकले पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय छनोट समिति गठन गरेको हो । समिति सदस्यहरुमा रेडियोका अध्यक्ष ज्योती श्रेष्ठ, टिकाराम श्रेष्ठ र आनन्द सुन्दर श्रेष्ठ रहेका छन् ।

    रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई वार्षिक रुपमा नगदसहित पहिलो पटक आगामी पुष ४ गते पुरस्कृत गर्न लागिएको हो ।

    रेडियोको सातौं वार्षिक साधारणसभा एवम् पाँचौ अधिवेशनको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रदेशभा सदस्य श्यामराजा महतले सम्मान गर्ने कार्यक्रम रहेको सचिव ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ ।

    पत्रकारिता, साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशिल व्यक्तिलाई सम्मान गरिने छ । तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति गरि तीन विधामा सम्मान गरिने पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार खोजमुलक पत्रकारितामा कलम चलाउने पत्रकारलाई प्राथमिकता दिईने छ ।

    स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो । यसैबीच रेडियोको साधारणसभा सम्पन्न गर्न टिकाराम श्रेष्ठको संयोजकत्वमा शिव गर्तौला, सुरेन्द्र पौडेल र राजन उपाध्याय सदस्य रहेको व्यवस्थापन समिति गठन गरिएको छ ।