तनहुँको दुलेगौँडामा ढुंगाले हानेर श्रीमानको हत्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको दुलेगौँडामा ढुंगाले हानेर श्रीमानको हत्या

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७९, बिहीबार

    दुलेगौंडा: तनहुँमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रगती टोलमा बस्दै आएका ४० वर्षीय मनबहादुर नेपाली रहेका छन् । उनलाई श्रीमती ३६ बर्षीय शुशिला विकले ढुंगाले प्रहार गरेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले बताए । उनीहरु पोखरा महानगरपालिका–३० शिसुवा घर भइ दुलेगौँडा डेरामा बस्दै आइरहेका छन् ।

    ‘मादक पदार्थ सेवन गरेकी श्रीमतीले घरायसी विवादमा ढुंगा प्रहार गर्दा टाउको चोट लागेको थियो । उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको छ’, उनले भने । गएराती साढे ९ बजे घटना घटेको थियो । ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रीमानको हत्या गर्ने सुशिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।