दमौली । पेलिकन्स क्लव तनहुँको आयोजनामा शुक्रबारदेखि तेस्रो तनहुँ क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ । व्यास नगरपालिका-५ पाटनमा सुरु प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उदघाटन गरे ।
प्रतियोगिताको उदघाटन खेलमा लियो क्लव तनहुँ विजयी भएको छ । रिभल्स क्लवलाई दश रनले पराजित गर्दै तनहुँ लियोले विजय सुरुआत गरेको छ ।
पहिले व्याटिङ गरेको लियोले पूरा दश विकेट गुमाएर ८७ रन बनाएको थियो । जवाफमा रिभल्स ७७ रनमा आउट भयो । पॉच विकेट लिएका सूवर्ण खड्का म्यान अफ दि म्याच घोषित भए ।
पुस ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन टिम सहभागी रहेको क्लवका अध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी दिए ।