


दमौली । जेसीआई व्यास नगरको अध्यक्षमा राजु राना निर्वाचित भएका छन् । शनिबार सम्पन्न २९ औ साधारणसभा तथा २८ औ अधिवेशनबाट राना अध्यक्षमा निर्वाचित भएका हुन् ।
रानाले ५१ मत प्राप्त गर्दा प्रतिस्पर्धी नवीन पुरीले ४७ मत प्राप्त गरे ।
सहमतिमा नयॉ नेतृत्व चयन गर्ने प्रयास भएपनि सहमति नभएपछि चुनाव गरिएको हो।
कार्यकारिणी उपाध्यक्ष पदमा अजर नागिला (सुदिप) र युवराज भण्डारी चयन भएका छन् ।
उपाध्यक्ष पदमा रोविन श्रेष्ठ, डिक्सन मल्ल, नेत्र बहादुर सुनार र प्रताप पण्डित निर्वाचित भएका छन् ।