नायक शाहको पेशी आज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नायक शाहको पेशी आज

    खबरपुञ्ज संवाददाता

    १० पुष २०७९, सोमबार

    दमौली । नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ सोमबार हुने भएको छ । पाँचौँ पटक स्थगित भएको मुद्दाको सुनुवाइ तनहुँ जिल्ला अदालतमा हुन लागेको हो ।

    अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहार अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ । त्यसविरुद्ध पलले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

    गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।

    शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आएका थिए । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि पीडित भनिएकी बालिका र उनकी बुबाले समेत दुवै अदालतमा बलात्कार हैन भनी बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।