बागलुङका लालसिंहले कम्बोडियामा सञ्चालनमा ल्याए नेपाली रेष्टुरेन्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागलुङका लालसिंहले कम्बोडियामा सञ्चालनमा ल्याए नेपाली रेष्टुरेन्ट

    दुर्गानिधि कौडाल

    १० पुष २०७९, सोमबार

    काठमाडौ । गलकोट नगरपालिका हटिया-३, बाग्लुङ्मा जन्मिएर कम्बोडिया कर्मभुमि बनाएका लालसिहं खड्काले कम्बोडियाको राजधानी फोनोम पेनमा फ्लेबर्स अफ इन्डिया नेपाली भान्सा घर/ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छ्न्।

    उनले विगत २१ वर्षदेखि उक्त होटल सञ्चालनमा ल्याएका हुन् । उनी गैर आवासीय नेपाली संगठन कम्बोडियाका अध्यक्ष पनि हुन् ।

    स्वदेशी अर्थतन्त्रलाई टेवा पुर्‍याउने उद्देश्यले रेष्टुरेन्ट सञ्चालन गरेको उनले बताए । कम्बोडियाको इतिहासमा नेपाली रेष्टुरेन्ट संचालन गर्ने उनी पहिलो नेपाली व्यवसायी हुन् ।

    नेपालीलाई मध्यनजर गरेर सञ्चालनमा ल्याएको सोही रेष्टुरेन्टमा भारतीय र अन्य देशका वासिन्दा पनि आउने म्यानेजर प्रदिप अधिकारी बताउँछन् ।

    ‘हामीले सबै प्रकारका पाहुनालाई लक्षित गरी होटल संचालनमा ल्याएका हौँ’ उनले भने, ‘गुणस्तर र स्तरीय सेवा दिने हाम्रो लक्ष्य हो।’