वडा सदस्य श्रेष्ठद्वारा तलबभत्ताबाट असहाय तथा विपन्नलाई सिरक वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    वडा सदस्य श्रेष्ठद्वारा तलबभत्ताबाट असहाय तथा विपन्नलाई सिरक वितरण

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०७९, मंगलवार

    दमौली । ऑबुखैरेनी गाउँपालिका-३ का वडा सदस्य मनोज कुमार श्रेष्ठले असहाय तथा विपन्न वर्गका वडाबासीलाई फाईबरको सिरक वितरण गरेका छन् ।

    आँबुखैरेनी सेवा समाजका अध्यक्ष समेत रहेका श्रेष्ठले आफ्नो तलव/भत्ताबाट आएको रकमले आँबु गाउँ, ज्यामसरा, धारापानी र कोटगाउँका ३० घरधुरीलाई न्यानो सिरक वितरण गरेका हुन् ।

    चुनावको बेला वडाबासीको हरेक दु:ख सुखमा साथ दिने प्रतिबद्धता अनुसार आफ्नो तलब भत्ता बापत रु ५० हजारबाट असहाय तथा विपन्न वर्गका वडाबासीलाई फाईबरको सिरक खरिद गरि वितरण गरेको श्रेष्ठले जानकारी दिए ।