गण्डकी प्रदेशसभाको अधिवेशन १८ गतेदेखि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशसभाको अधिवेशन १८ गतेदेखि

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०७९, मंगलवार

    पाेखरा । गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ गते बोलाइएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते दिउँसो ३ बजे प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुने गरी अधिवेशन आह्वान गरेकाे प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

    प्रदेश प्रमुख गुरुङले यही पुस १३ गते बुधबार प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई प्रदेश प्रमुखको निवासमा शपथ गराउने कार्यक्रम छ । ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।