नेविसंघ आदिकविको कार्यवाहक सभापतिमा पन्थ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नेविसंघ आदिकविको कार्यवाहक सभापतिमा पन्थ

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७९, बुधबार

    दमौली । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेविसंघको कार्यवाहक सभापतिको जिम्मेवारी गौरव पन्थले पाएका छन् ।

    नेविसंघका उपसभापति रहेका पन्थलाई बुधबार सम्पूर्ण अधिकार सहितको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

    क्याम्पसमा आयोजित कार्यक्रममा सभापति सुदर्शन पोख्रेलले पन्थलाई माइन्युट हस्तान्तरण गरेका छन् ।

    यस्तै उपसभापतिमा सुनिल मिश्र, सचिवमा सागर पाण्डे, सहसचिवमा सुमन खड्का, आरती विश्वकर्मा, बविता रानाभाट, कोषाध्यक्षमा प्रविन आले चयन भएका छन् ।

    कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव एवं नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनाल पनि सहभागी थिए ।