


दमौली । कम्युटर एसोसिएसन महासंघ (क्यान) तनहुँले क्यान्सरपीडित वीरेन्द्र पौडेललाई आर्थिक सहयोग गरेको छ । संघले पौडेललाई १५ हजार सहयोग गरेको हो ।
क्यान तनहुँका अध्यक्ष विश्वप्रकाश भूषालले आइतबार पीडित पौडेललाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

क्यान्सर पीडित पौडेलले उपचारका लागि सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे । उपचारका क्रममा आर्थिक अभाव भएकाले सहयोगको आवश्यकता रहेको उनले बताए ।