नेपाली पब्जी टोली ‘डिआरएस’ गेमिङ ग्लोबल च्याम्पियनसिपमा दोस्रो, पुरस्कार ३ करोडभन्दा धेरै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाली पब्जी टोली ‘डिआरएस’ गेमिङ ग्लोबल च्याम्पियनसिपमा दोस्रो, पुरस्कार ३ करोडभन्दा धेरै

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । नेपालको व्यावसायिक पब्जी टोली ‘डिआरएस’ गेमिङ पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप‍- २०२२ मा दोस्रो भएको छ। 

    इन्डोनेसियामा आइतबार सम्पन्न फाइनल चरणको प्रतिस्पर्धामा डिआरएसले द‍ोस्रो स्थान हात पारेको हो। प्रतियोगितामा टर्कीको ‘एस२जी इस्पोर्ट्स’ प्रथम भयो।

    दोस्रो भएको डिआरएसले २ लाख ९२ हजार डलर (३ करोड ८६ लाख रूपैयाँ) पुरस्कार पाएको छ।

    टर्कीको ‘एस२जी इस्पोर्ट्स’ ले विजेता हुँदै ५ लाख १० हजार डलर प्राप्त गरेको छ।

    यसअघि डिआरएसले गत महिना च्याम्पियनसिपको फाइनल चरणका लागि स्थान बनाएको थियो।   

    डिआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविन प्रजापति र समीर गुरुङ छन्। टिमका सिइओ भिक्टर पौडेल हुन्।

    यो प्रतियोगितामा नेपालको अर्को टोली ‘ट्रेन टु किल ले पनि सहभागिता जनाएको थियो। ट्रेन टु किल तेह्रौं हुँदै १ लाख ३२ हजार डलर पुरस्कार पाएको छ। ट्रेन टु किलले पनि यसअघि छनोटबाट अन्तिम चरणमा स्थान बनाएको थियो।