२० लाख धरौटी बुझाए सन्दीपले, कारागारबाट रिहा भए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २० लाख धरौटी बुझाए सन्दीपले, कारागारबाट रिहा भए

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७९, शुक्रबार

    काठमाडौ । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन् । 

    बिहीबार पाटन उच्च अदालतले गरेको फैसलाअनुसार उनले २० लाख धरौटी बुझाएर आज कारागारबाट रिहा भएका हुन् । 

    उनलाई तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौं लगिँदैछ । त्यहाँबाट तारिख बुझेर उनी रिहा हुनेछन् । 

    विभिन्न सर्त राखेर सन्दीपलाई रिहा गर्न बिहीबार अदालतले आदेश दिएको थियो । अदालतको यो आदेशपछि उनका कानुन व्यवसायीले उनले तत्काल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी गर्न पाउनु पर्ने तर्क गरेका छन् ।