विमान दुर्घटनाबाट ३६ शव निकालियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    विमान दुर्घटनाबाट ३६ शव निकालियो

    खबरपुञ्ज संवाददाता

    ३० पुष २०७९, आईतवार

    पोखरा । पोखराको सेती खोंचमा भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालिएको छ । ३६ जनाको शव निकालेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको हो ।

    एटिआर–७२ उक्त जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ ।

    ९ एन एएमसी कल साइनको उक्त जहाज काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरबाट १० बजेर ५५ मिनेटमा सेती खोंचमा सम्पर्क रहेकोे यति एयरलायन्सले जानकारी दिएको छ ।

    दुर्घटनास्थलमा उद्धार जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी उद्धारमा खटिएका छन् ।