विमान दुर्घटनामा परेका ११ जनाको सनाखत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विमान दुर्घटनामा परेका ११ जनाको सनाखत

    खबरपुञ्ज संवाददाता

    ३० पुष २०७९, आईतवार

    पोखरा । पोखराको सेती खोंचमा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु भएका ११ जनाको सनाखत भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको शवको आफन्तले सनाखत गरेका हुन् ।

    निशान्त आचार्य, संगिता शाही, डा. शुसिल श्रेष्ठ, डा. सोना दिनकर, सदाकत अलिमियाँ, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, अरुण पौडेलको सनाखत भएको छ । यस्तै, पुर्णककुमार गुरुङ र १० महिने बालक रियान पौडेलको समेत सनाखत गरिएको हो । कोरियाली नागरिक यु केयुंगलको सनाखत भएको छ ।

    हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३८ शव पु¥याइएको छ । दुर्घटनास्थलबाट ६८ शव निकालिएको छ । एटिआर–७२ उक्त जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ ।

    ९ एन एएमसी कल साइनको उक्त जहाज काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरबाट १० बजेर ५५ मिनेटमा सेती खोंचमा सम्पर्क रहेकोे यति एयरलायन्सले जानकारी दिएको छ ।
    दुर्घटनास्थलमा क्रेन लगाएर मृतकको शव निकालिदैछ । शव अस्पताल लगिएपछि पश्चिमाञ्चल अस्पताल परिसरमा भिडभाड बढेको छ ।