दमौली । तनहुँको भिमाद नगरपालिका-९ स्थित पाथर्दी युवा क्लवको आयोजनामा साविक वडा स्तरीय भलिबल तथा फाइभ ए साइड मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
माघेसंक्रान्ति पर्वको अवसर पारेर आयोजित प्रतियोगिताको उपाधि नवलपुरको डेढगाउँ प्रथम भएको हो । प्रतियोगितामा गैह्रीखोला हरिनास द्वितीय र आयोजक पाथर्दी युवा क्लव तृतीय भएको छ । विजेताहरुले क्रमश: रु ५० हजार, रु ३५ हजार र रु १५ हजार नगद प्राप्त गरेका छन् ।
भलिबलमा २० टिमको सहभागिता थियो । यस्तै मैत्रीपूर्ण फुटबलको उपाधि नेपाल युनाइटेडले जितेको छ । बिएफजीलाई ३-० ले हराउँदै नेपाल युनाइटेडले उपाधि जितेको भिमाद नगरपालिका-९ का वडा सदस्य शिवकुमार आलेले जानकारी दिए ।